मेयरसाप

विद्यालय

गुल्मीमा चाडपर्व लक्षित बजार अनुगमन

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्देलका अनुसार अनुगमनका क्रममा धेरै जसो पसलमा मूल्य सूची नराख्ने, दर्ता गरेका भए पनि नवीकरण नगर्ने र दर्ता भएका प्रमाणपत्रहरू देख्ने ठाउँमा नराख्ने गरेको पाइएको छ । आगामी दिनमा पसल सञ्चालकहरूलाई सचेत गराउनका लागि सचेतनाका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने र निरन्तर अनुगमन गर्नु नै उत्तम हुने उहाँको तर्क छ ।

Mayorsap,विवेक मण्डल

बिही, असोज २४, २०८१ | ०७:५६ बजे

काठमाडौँ 
असोज २४ गते,
गुल्मीमा चाडपर्व लक्षित पाँच सय ३८ पसलमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो । पछिल्लो समयमा ग्रामीण स्तरमासमेत पुगेर अनुगमन गरेकाले पहिलो चरणमा सचेत गराइएको उहाँको भनाइ छ । 
कतिपय पसल मापदण्ड विपरीत पनि चलेको पाइएकाले त्यी पसलहरूलाई सुधारको मौका दिइएको बताउनुभयो । सुधार नभएमा अव हुने अनुगमनमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने उहाँले चेतावनी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्देलका अनुसार अनुगमनका क्रममा धेरै जसो पसलमा मूल्य सूची नराख्ने, दर्ता गरेका भए पनि नवीकरण नगर्ने र दर्ता भएका प्रमाणपत्रहरू देख्ने ठाउँमा नराख्ने गरेको पाइएको छ । आगामी दिनमा पसल सञ्चालकहरूलाई सचेत गराउनका लागि सचेतनाका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने र निरन्तर अनुगमन गर्नु नै उत्तम हुने उहाँको तर्क छ । सचेत गराउँदा गराउँदै पनि अटेर गरेमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने उहाँको दाबी छ । 
अनुगमनका क्रममा एक लाख बढीको म्याद गएका खाद्यवस्तु जफत गरिएको फुल्देलले बताउनुभयो । पसलमा म्याद गएका बिस्कुट,आटा,सूजी, कोकाकोलाजस्ता खाद्यवस्तुहरू जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा निरन्तर रूपमा बजार अनुगमन गर्ने गरी योजना बनाएको उहाँको भनाइ छ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology