Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपाको ‘एरिया’ भन्दै बर्दघाटमा माओवादी उम्मेदवारमाथि कुटपिट

एक जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ फागुन ६ गते १०:४८
Image of https://mayorsap.com/storage/photos/shares/hatpat.jpg

नवलपरासी । नवलपरासीको बर्दघाटमा चुनावी प्रचारमा रहेका नेकपा (माओवादी) का उम्मेदवार र कार्यकर्तामाथि कुटपिट भएको छ ।

बर्दघाट–१२ जमुनिया बजारमा प्रचार गरिरहेका बेला ‘यो घण्टीको एरिया हो’ भन्दै रास्वपा समर्थक दाबी गर्ने एक समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट माओवादी उम्मेदवार राजुप्रसाद हरिजन, प्रचार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका छन् । 

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले बर्दघाट–१३ का ३१ वर्षीय अजय गौतमलाई पक्राउ गरेको छ भने अन्य दुई जनाको खोजी भइरहेको छ ।

रास्वपाका उम्मेदवार विक्रम खनालले घटनालाई दुःखद भन्दै आक्रमणकारी आफ्ना कार्यकर्ता हुन् वा होइनन् भन्नेबारे छानबिन गरिने बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले उम्मेदवारहरूलाई निर्धक्कसँग चुनावी कार्यक्रम गर्न आग्रह गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।


Facebook Comments