Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मेची भन्सारबाट सात महिनामा झन्डै १० अर्ब राजस्व सङ्कलन

माघमा लक्ष्यभन्दा बढी सङ्कलन

User Image मेयरसाप डेस्क | २०८२ फागुन ६ गते ११:०१
Image of https://mayorsap.com/storage/photos/shares/mechi-vansar.jfif

झापा । पूर्वी नाका मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा उत्साहजनक राजस्व सङ्कलन गरेको छ । साउनदेखि माघ मसान्तसम्मको अवधिमा कार्यालयले कुल ९ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ राजस्व उठाएको छ ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार, समीक्षा अवधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको थियो । समग्र सात महिनाको प्रगति लक्ष्यको नजिक देखिए पनि माघ महिनाको असुली भने निकै आक्रामक देखिएको छ ।

माघ महिनाका लागि भन्सारले १ अर्ब ४७ करोड रुपैयाँको लक्ष्य पाएकोमा १०२.३४ प्रतिशत प्रगति हासिल गर्दै १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सारले चालु आर्थिक वर्षभरिमा कुल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको छ । अहिलेको यो लक्ष्य कायमै रहे वार्षिक लक्ष्य भेट्टाउन सहज हुने देखिएको छ ।


Facebook Comments