Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बंगलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष वली रास्वपा प्रवेश

User Image मेयरसाप डेस्क | २०८२ फागुन ६ गते ११:२९
Image of https://mayorsap.com/storage/photos/shares/bhakta-wali.jpg

काठमाडौं । तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता तथा बंगलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई रास्वपाका सहमहामन्त्री एवं दाङ क्षेत्र नं. २ का उम्मेदवार विपिनकुमार आचार्यले पार्टीमा स्वागत गरेका छन् ।

वली स्थानीय राजनीतिमा लामो अनुभव सँगालेका नेता हुन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेबाट तत्कालीन काभ्रे गाविसको अध्यक्ष निर्वाचित भएका उनी पछि माओवादीमा प्रवेश गरेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीकै तर्फबाट उनी बंगलाचुली गाउँपालिकाको अध्यक्ष चुनिएका थिए । २०७९ को स्थानीय निर्वाचन र आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारका आकांक्षी रहेका वलीले पार्टीले टिकट नदिएपछि नेतृत्वसँग असन्तुष्टि जनाउँदै रास्वपा रोजेका हुन् ।


Facebook Comments