Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपा बागमतीका उपसभापति दिनेश हुमागाईँले दिए राजीनामा

रास्वपाभित्र विकृति मौलाएको आरोप

User Image मेयरसाप डेस्क | २०८२ फागुन ६ गते १२:३२
Image of https://mayorsap.com/storage/photos/shares/dinesh-humagain.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टीको पद र साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले बिहीबार नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

हुमागाईँले राजीनामा पत्रमा रास्वपाभित्र संरचनागत विकृति मौलाएको, आन्तरिक लोकतन्त्र समाप्त भएको र आर्थिक अपारदर्शिता बढेको उल्लेख गरेका छन् ।

उनले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वर्षौँदेखि पसिना बगाएका कार्यकर्तालाई पाखा लगाएर अन्य दलबाट आएका र चटकदार व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप लगाए ।

पार्टीको उम्मेदवार छनोट प्रक्रिया विधान र मापदण्डविपरीत रहेको दाबी गर्दै उनले भनेका छन्, ‘गीत गाउने, मोबाइल पसलमा काम गर्ने वा सामाजिक अभियन्ताको आवरणमा आएका व्यक्तिहरूलाई स्वार्थका आधारमा टिकट बाँडियो, तर इमानदार कार्यकर्ताको उपेक्षा भयो ।’

हुमागाईँले पार्टीभित्र सदस्यता र उम्मेदवारी शुल्कका नाममा उठाएको ठुलो रकमको कुनै पारदर्शिता नभएको र पार्टी विधिभन्दा व्यक्तिकेन्द्रित निर्णयतर्फ उन्मुख भएको भन्दै अब रास्वपामा बस्नुको औचित्य नरहेको बताए ।


Facebook Comments