मेयरसाप

विद्यालय

सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर थुनामा

जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले आरोपी नेपालीलाई थुनामा राख्ने निर्णय गरेको निमित्त श्रेष्तेदार ऋषिराम रिजालले जानकारी दिए ।

Mayorsap,विवेक मण्डल

बुध, असोज १६, २०८१ | १२:४३ बजे

काठमाडौँ 
असोज १६ गते ,
सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले आरोपी नेपालीलाई थुनामा राख्ने निर्णय गरेको निमित्त श्रेष्तेदार ऋषिराम रिजालले जानकारी दिए । ‘सहकारी मार्फत बागलुङका नागरिकको एक अर्ब ३८ करोड ११ लाख ६२ हजार सात सय ५५ रुपैयाँ बिगो भराई पाऊँ भनी सरकारी वकिल कार्यालयबाट आएको माग दाबी आरोपी नेपालीलाई थप अनुसन्धानका लागि थुनामा राख्ने निर्णय माननीय जिल्ला न्यायाधीशज्यूबाट भएको छ’ उनले भने । मंगलबार भएको थुनछेक बहसबाट पुर्पक्षका लागि थुनामा पठाउने निर्णय भएको उनले जानकारी दिए । सोमबार नेपालीको बयान लिइएको थियो ।
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई सहकारी ठगी र संगठित अपराधको आरोप छ ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology