बाढीमा मृत्यू भएका बालकको परिवारलाई बलराका नगरप्रमुखको आर्थिक सहयोग
मँगलबार बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर कुशवाहा मृतक बालकको घरमै पुगि काजकिरिया गर्नका लागि आफन्तलाई २५ हजार नगद हस्तान्तरण गरेका हुन ।
Mayorsap,विवेक मण्डल
बिही, असोज १७, २०८१ | १२:५४ बजे
काठमाडौँ
असोज १७ गते ,
सर्लाहीको बलरा नगरपालिकामा बाढीमा परेर मृत फेला परेका बालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । हिजो बिहान बलरा नगरपालिका वडा नम्बर ३ निवासी महाविर ठाकुर को १४ बर्षको छोरा अंकित कुमार ठाकुर सिमार्वती क्षेत्रमा मृत अवस्थामा फेला परेका थिए ।
मँगलबार बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर कुशवाहा मृतक बालकको घरमै पुगि काजकिरिया गर्नका लागि आफन्तलाई २५ हजार नगद हस्तान्तरण गरेका हुन । मृतक बालकको परिवारसंग कुराकानी गर्दै नगर प्रमुख कुशवाहाले दुखद घडीमा सबैलाई धैर्य धारण गर्न र काजकिरियामा सबैलाई आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरे ।अगामी दिनहरूमा पनि विभिन्न दातृ संघसंस्थाहरुसंग सहकार्य गरि सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरे । आफन्त,सुरक्षाकर्मी तथा स्थानीयको ठुलो प्रयासको वावजुद पनि बालकलाई जिवितै उद्वार गर्न नसकेकोमा दुखेको पोखे ।
मृतकका बुबा महावीर ठाकुरका अनुसार छोरा गएको शनिबार अविरल बर्षाले आएको बाढी हेर्न नजिकै रहेको सिमावर्ती क्षेत्रमा गएका थिए । तर सांझसम्म घर नफर्किदा खोजी कार्य सुरु गरिएको बताए ।
केही स्थानीयले छोरालाई मृतक अवस्थामा देखेर चिनेपछि तपाईंकै छोरा जस्तो छ भन्ने खबर गरेपछि छोरा डुबेर मृत्युु भएको थाहा पाउने वित्तिकै परिवारमा बज्रपात खसेको मृतक बालकको बुबा महाविर ठाकुरले दुखेसो पोखे ।