विपन्न परिवारलाई खाद्यान्न वितरण
नगरपालिकाका अनुसार जनही पाँच हजार २ सय ५० मूल्य बराबरको खाद्य सामग्रीहरु उपलब्ध गराएको हो । उहाँका अनुसार वितरण गरिएको राहत सामग्रीहरुमा ५० केजी मन्सुली चामल, २ केजी मुसुरो दाल,२ लिटर खानेतेल,२ केजी नुन,५ थान साबुन रहेको छ
Mayorsap,विवेक मण्डल
बिही, असोज १७, २०८१ | १३:२९ बजे
काठमाडौँ
असोज १७ गते,
झापाको दमक नगरपालिकाले अति विपन्न तीन सय घरपरिवारलाई दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको छ । विपन्न पहिचान कार्यविधि अनुसार वडाले सिफारीस गरेका आधारमा चामल,नुन,तेल,दाल लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराइएको नगर प्रमुख राम कुमार थापाले बताउनुभयो ।
नगरपालिकाका अनुसार जनही पाँच हजार २ सय ५० मूल्य बराबरको खाद्य सामग्रीहरु उपलब्ध गराएको हो । उहाँका अनुसार वितरण गरिएको राहत सामग्रीहरुमा ५० केजी मन्सुली चामल, २ केजी मुसुरो दाल,२ लिटर खानेतेल,२ केजी नुन,५ थान साबुन रहेको छ
खाद्यान्न घरघरसम्म ढुवानीका लागि लक्षित परिवारलाई रु २ सय रुपियाँ समेत प्रदान गरिएको थियो । चाडपर्वको मुखमा यसरी दैनिक अति आवश्यकीय खाद्यन्न पाएपछि अति विपन्न परिवार खुशी बनेका छन् ।