मेयरसाप

विद्यालय

दसैँ मनाउन विपन्न र बाढीपीडितलाई वडाद्वारा खाद्यान्न वितरण

‘बाढीबाट पीडित र विपन्न समुदायका नागरिकलाई सहजरुपमा दसैँ मनाउनका लागि हामीले आधारभूत खाद्यान्न सामाग्री वितरण गरेका छौँ,’उनले भने,‘खाद्यान्न बिना कुनैपनि वडाबासी दशैँ मनाउनबाट बञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो ।’ वडाका अढाई सय परिवारलाई खाद्यान्न वितरण गरिएको बताउँदै वडाध्यक्ष बस्नेतले छुटफुटलाई पनि वितरण गरिने बताए ।

Mayorsap,विवेक मण्डल

सोम, असोज २१, २०८१ | १३:२९ बजे

काठमाडौँ 
असोज २१ गते,
कञ्चनपुरको एक वडाले दसैँ मनाउन विपन्न एवं बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको छ। दोधाराचाँदनी नगरपालिकाको ६ नम्बर वडाले दसैँ मनाउन विपन्न बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
गत असार र भदौमा आएको बाढीबाट विस्थापित भएका वडाका स्थानीय एवं आर्थिक रुपमा विपन्न आदिवासी जनजाती दलित समुदायका परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको हो ।  सोमबार एक कार्यक्रमविच वडाध्यक्ष ओम बस्नेतले खाद्यान्न वितरण गरे । उनका अनुसार प्रतिपरिवार १ बोरा चामल, दाल, नुन, तेल, साबुनसहितका सामाग्री वितरण गरिएको छ ।
‘बाढीबाट पीडित र विपन्न समुदायका नागरिकलाई सहजरुपमा दसैँ मनाउनका लागि हामीले आधारभूत खाद्यान्न सामाग्री वितरण गरेका छौँ,’उनले भने,‘खाद्यान्न बिना कुनैपनि वडाबासी दशैँ मनाउनबाट बञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो ।’ वडाका अढाई सय परिवारलाई खाद्यान्न वितरण गरिएको बताउँदै वडाध्यक्ष बस्नेतले छुटफुटलाई पनि वितरण गरिने बताए ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology