फत्तेपुरमा थारु,भाषा संस्कृति संरक्षण संघको जोडदार प्रस्तुति
संघका केन्द्रीय अध्यक्ष एवम् साँस्कृतिक अभियन्ता गयानन्द चौधरीको अध्यक्षता तथा मधेश प्रदेशका पूर्वमन्त्री गोबिन्द न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संघ आवद्ध कलाकारहरुले गीत,संगीत तथा नृत्य प्रस्तुत गरेको हो ।
विवेक मण्डल
शुक्र, असोज २५, २०८१ | १४:०१ बजे
काठमाडौँ
असोज २५ गते,
थारु,भाषा संस्कृती संरक्षण संघ नेपालद्धारा सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित फत्तेपुर बजारमा बिहीवार जोड्दार साँस्कृतिक प्रस्तुति प्रदर्शन गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष एवम् साँस्कृतिक अभियन्ता गयानन्द चौधरीको अध्यक्षता तथा मधेश प्रदेशका पूर्वमन्त्री गोबिन्द न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संघ आवद्ध कलाकारहरुले गीत,संगीत तथा नृत्य प्रस्तुत गरेको हो ।
दशैंको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, मधेस प्रदेश साहित्य संघका अध्यक्ष तथा इतिहाँसकार उपेन्द्र कान्त झा,थारु भाषा संस्कृति संघकी केन्द्रीय उपाध्यक्ष सिता कुमारी चौधरी, कलाकारहरु नैना चौधरी ,श्याम लाल चौधरी ,कमल नारायण चौधरी ,राम कुमार चौधरी,लक्ष्मी प्रसाद चौधरी,जल कुमारी चौधरी ,सत्य नारायण लेखी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रम संचालन थारु भाषा संस्कृति संरक्षण संघ नेपाल सप्तकोसी नगर अध्यक्ष सत्य नारायण चौधरीले गरेका थिए ।
कार्यक्रममा संघमा आवद्ध राष्ट्रिय कलाकारहरुले प्राचीन गीत,संगीत तथा नृत्य प्रस्तुत गरेको संघका केन्द्रीय अध्यक्ष गयानन्द चौधरीले जानकारी दिए ।