मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

छिन्नमस्ता गा.पा अध्यक्षले गरे वडा कार्यालयलाई पत्राचार,राष्ट्रिय परिचयपत्रको काम अब पालिकाबाटै हुने

Mayorsap,विवेक मण्डल

सोम, असोज १४, २०८१ | १२:०५ बजे

काठमाडौँ

असोज १४ गते,

 राष्ट्रिय परिचयपत्रको काम अब पालिकाबाटै हुने भएको छ । छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आइतबार पालिकाका सबै वडा कार्यालयहरुलाई पत्राचार गर्दै राष्ट्रिय परिचयपत्रको काम अब पालिकाबाटै हुने जनाएका हुन्  ।

‘गृह मन्त्रालय राष्ट्रिय परिचय-पत्र तथा पन्जिकरण विभागको च.न.१०७० को मिति २०८१/०२/२१ गतेको पत्रानुसार जिल्लाको सेवाग्राहीको भिडभाड लाइ मध्यनजर राखी यस गाउँपालिकाको कार्यालय वाट नै मिति २०८१/०६/१३ गते देखि राष्ट्रिय परिचय-पत्र विवरण संकलन कार्य गर्ने (बनाउने) भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरीएको छ ।’ जारी पत्रमा लेखिएको छ ।

राष्ट्रिय परिचयपत्रको लागि नागरिकता प्रमाण-पत्रको सक्कलै, विवाहितको हकमा विवाह दर्ता वा श्रीमान् श्रीमतीको नागरिकता सक्कल, बसाइ सराइ गरेको हकमा बसाइ सराइको सक्कल कागज, जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने कागज वा वादको सिफारिस, राहदानी लिएको हकमा सक्कल सम्भव भए सम्म माग गरिएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology