मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

Mayorsap,विवेक मण्डल

मंगल, असोज १५, २०८१ | ११:१३ बजे

काठमाडौँ 

असोज १५ गते ,

सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

‘संवत २०८१ असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र ३ (तीन) दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/६/१४ को बैठकबाट निर्णय भएकोले सोही अनुसार गर्न गराउन यो सूचना प्रकाशन गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको सूचनामा भनिएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology