मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

पहिरोले खानेपानी पाइपमा क्षति पुर्‍याउँदा पानी वितरण प्रभावित

निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३ जब्दारीस्थित मुहान नजिकको मुख्य पाइपलाइनमा क्षति पुगेपछि पानी वितरण प्रभावित भएको हो ।

Mayorsap,विवेक मण्डल

मंगल, असोज १५, २०८१ | ११:५४ बजे

काठमाडौँ 

असोज १५,

बिहीवार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको छ। निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३ जब्दारीस्थित मुहान नजिकको मुख्य पाइपलाइनमा क्षति पुगेपछि पानी वितरण प्रभावित भएको हो ।

पाइपलाइन मर्मत भइरहेकाले केही दिन पानी वितरणमा समस्या आउने खानेपानी उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले बताए। उहाँले अनुसार, ‘वर्षाका बेला यसअघि पनि यहाँ बाढीपहिरोको समस्या थियो। मुख्य पाइपमा ठूलो क्षति पुगेकाले अझै केही दिन पानी वितरण गर्न सकिँदैन।’

गत भदौ पहिलो सातापनि वर्षासँगैको बाढीपहिरोले व्यास–१३ निउरोघारीमा पाइपलाइन क्षति हुँदा एक सातासम्म पानी वितरण प्रभावित भएको थियो । सचिब  हड्खलेले भन्नुभयो, ‘पहिरोले यहाँ बेलाबेलामा दुःख दिने गरेको छ। प्रत्येक महिनाजसो बाढीपहिरोले पाइपलाइन क्षति भइरहेको छ।’

उक्त खानेपानी संस्थाले व्यास–१३ का दुई हजार छ सय ८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ। उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको हो। समितिले चार वटा मुहानबाट प्रति सेकेण्ड कुल २० लिटर पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गरिरहेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology