रूख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरूद्ध
वन कार्याललसँग समन्वय गरी रुख हटाउने प्रयास, सम्भवत आज वन कार्यालयको प्राविधिक टोलीले रुख हटाउने
Mayorsap,विवेक मण्डल
सोम, असोज १४, २०८१ | १३:२५ बजे
काठमाडौँ
असोज १४ गते ,
लहान नगरपालिका–२ मिलनचोकमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध छ। लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको बरको रुख ढल्दा विद्युत्को तारमा क्षति पुगेको थियो। यसबाट करिब २० घरपरिवार प्रभावित भएका छन् ।
रुख हटाएर विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको लहान–२ का वडाध्यक्ष सियाराम यादवले बताउनु भयो ।
'वन कार्याललसँग समन्वय गरी रुख हटाउने प्रयास गरिएको छ। सम्भवत आज वन कार्यालयको प्राविधिक टोलीले रुख हटाउने छ। रुख हटाएपछि विद्युत् प्राधिकरण लहान वितरण केन्द्रमा सेवा सञ्चालनका लागि अनुरोध गर्छौं' उहाँले जानकारी दिनु भयो |