मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

चार महिनापछि राजविराजको नगरसभा,धमाधम वडा भेला

जनप्रतिनिधि वीच सहमति नजुट्नु तथा आन्तरिक तयारीको कमीले चार महिना ढिलो नगरसभा हुने भएको हो

Mayorsap,विवेक मण्डल

मंगल, असोज १५, २०८१ | १५:३९ बजे

काठमाडौँ 
असोज १५ गते ,

असार १० गते गरिसक्नुपर्ने नगरसभा चार महिनापछि राजविराज नगरपालिकाले मंगलबार नगरसभा गर्ने तयारी गरेको छ । जनप्रतिनिधि वीच सहमति नजुट्नु तथा आन्तरिक तयारीको कमीले चार महिना ढिलो नगरसभा हुने भएको हो । 
सबै वडामा भेला गरी योजना संकलन गरी असार १० गते  भित्र  विधिवत नगरसभा गर्नुपर्ने प्रावधान भएपनि राजविराज नगरपालिकामा अझै वडा भेला सम्पन्न हुन बाँकी रहेको जनप्रतिनिधि बताउँछन् । 
सोह्रवटा वडा रहेको राजविराज नगरपालिकाले मंगलबार नगरसभाको तयारी गरेपछि मंगलबार विहान औपचारिकता पूरा गर्ने तर्फ धमाधम वडा भेला गरिरहेको स्थानीय हृतिक रौनियार  बताएका छन् ।  हतारमा गरिएको भेलाले वडाको प्राथमिकतामा परेको अति आवश्यक योजनालाई सम्बोधन गर्न नसक्ने स्थानीय रौनियारको भनाइ छ । 
जनप्रतिनिधि र कर्मचारीले दशैको तलबभत्ता बुझ्नकै लागी औचित्यहीन नगरसभा गर्न खोजिएको स्थानीयको आरोप छ ।  
राजविराज नगरपालिकाका  ८ नं. वडा अध्यक्ष (प्रवक्ता) जय नारायण मण्डलले पुर्व तयारी अनुसार नै नगरसभा गर्न लागिएको दावी गरे । नगरसभाको सबै तयारी पूरा भएको र वडा भेलाहरु समेत जारी रहेको उनले जानकारी दिए । 
एकहप्ता अगाडि नै वडा भेलाका लागि पत्राचार गरिएपनि प्रतिकुल मौसमको कारण हुन नसक्दा सबै वडाले  धमाधम भेला आयोजना गरीरहेको नगर  प्रवक्ता मण्डलले बताए । 
कार्यपालिकाबाट निर्णय गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्गले नगरसभा गर्न तयारी गरिरहेकै समयमा उहाको सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत डा.श्रवण कुमार साह हाजिर  हुना साथ नगर परिषद गर्ने उदेश्यले नै वडा भेलाका लागि सबैवडालाई पत्र पठाएको मण्डलले जानकारी दिए ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology