मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

उच्च सतर्कताका लागि अनुरोध : जल तथा मौसम विज्ञान विभाग

असोज ११ देखिको अति भारी वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै छ।

Mayorsap,विवेक मण्डल

बुध, असोज १६, २०८१ | १२:३० बजे

काठमाडौँ 

असोज १६ गते ,
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार असोज १६ गतेदेखि दिउँसो वाग्मती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा एवं भोली राती कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान छ। यो वर्षा असोज १८ गतेसम्म रहने सम्भावना छ ।
असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै छ।
तसर्थ यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्र यात्रा गर्नुहुन र नदी किनाराका वस्तीमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुहुन एवं पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुनु हुन सबैमा विनम्र अनुरोध छ।
जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायीहरू, ट्राफिक प्रहरीहरू, यात्रुहरू र नदी किनारका बासिन्दाहरूले तदनुरुप सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology