इटहर्वा बजारको जग्गा संरक्षणका लागि जस्तोसुकै चुनौतीको सामना गर्न तयार छु :अध्यक्ष चौधरी
अध्यक्ष चौधरीले केही व्यक्तिहरूले जग्गा आफ्नो भएको दाबी गर्दै दबाब दिन आएका र धम्कीसमेत दिएको जानकारी दिए । उनले स्पष्ट गरे कि बजारको जग्गा सार्वजनिक भएको हुँदा यसलाई संरक्षण गर्न स्थानीय जनप्रतिनिधि र बजार समितिका सक्रियता आवश्यक छ |
Mayorsap,विवेक मण्डल
सोम, असोज २१, २०८१ | ११:०० बजे
काठमाडौँ
असोज २१ गते,
सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले इटहर्वा बजारको जग्गा संरक्षणमा जस्तोसुकै चुनौतीको सामना गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आइतबार इटहर्वा बजार व्यवस्थापन समितिको नवौं साधारणसभामा यस्तो प्रतिबद्धता जनाएका हुन्।
अध्यक्ष चौधरीले इटहर्वा बजारको जग्गा चार दशकदेखि उपभोग गरिएर आएको र यसको संरक्षण अत्यावश्यक रहेको उल्लेख गरे। उनले भने, “कोही व्यक्तिले जग्गा हड्पने प्रयास गरे सफल हुने छैन। बजारको जग्गा संरक्षणमा सबैको सहयोग आवश्यक छ”। उनले आफू पदमा रहुन्जेल र पदमा नभए पनि बजारको जग्गा संरक्षणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। । अध्यक्ष चौधरीले केही व्यक्तिहरूले जग्गा आफ्नो भएको दाबी गर्दै दबाब दिन आएका र धम्कीसमेत दिएको जानकारी दिए । उनले स्पष्ट गरे कि बजारको जग्गा सार्वजनिक भएको हुँदा यसलाई संरक्षण गर्न स्थानीय जनप्रतिनिधि र बजार समितिका सक्रियता आवश्यक छ ।
कार्यक्रममा स्थानीय युवा राम प्रसाद चौधरीले सञ्चालन गरेका थिए,र स्वागत मन्तव्य बजार व्यवस्थापन समितिकी कोषाध्यक्ष लक्ष्मी यादवले प्रस्तुत गरेकी थिइन् । यस कार्यक्रममा विभिन्न स्थानीय नेताहरू र बुद्धिजीविहरूले बजारको जग्गा संरक्षणमा सहयोग र समर्थन गर्ने आवश्यकताको बारेमा पनि चर्चा गरे ।