मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

आपतमा परेका नागरिकलाई गाउँपालिकाको नि:शुल्क बस सेवा

दशैँका बेला काठमाडौँबाट घर फर्कने क्रममा सवारी साधन नपाएर हैरानी खेपिरहेका आफ्ना नागरिकहरूका लागि आँबुखैरेनी गाउँपालिकाले नि:शुल्क बस सेवा सञ्चालन गरेको छ । चाडबाडका बेला घर फर्कन चाहने पालिकाबासीहरूका लागि शनिबारदेखि नि:शुल्क बस सेवा सञ्चालन गरेको पालिकाले जनाएको छ ।

Mayorsap,विवेक मण्डल

सोम, असोज २१, २०८१ | १४:३१ बजे

काठमाडौँ 
असोज २१ गते,
दशैँका बेला काठमाडौँबाट घर फर्कने क्रममा सवारी साधन नपाएर हैरानी खेपिरहेका आफ्ना नागरिकहरूका लागि आँबुखैरेनी गाउँपालिकाले नि:शुल्क बस सेवा सञ्चालन गरेको छ । चाडबाडका बेला घर फर्कन चाहने पालिकाबासीहरूका लागि शनिबारदेखि नि:शुल्क बस सेवा सञ्चालन गरेको पालिकाले जनाएको छ । 
आँबुखैरेनी गाउँपालिका स्थायी घर भइ रोजगारी एवं पढाइको सिलसिलामा काठमाडौं बसोबास गर्दै आएका आफ्ना नागरिहरूका लागि नि:शुल्क बस सेवा सञ्चालन गरिएको आँबुखैरेनी गाउँपालिका प्रवक्ता तथा  वडा नं–३ का वडाअध्यक्ष दिनेश केसीले बताए । पालिकाको आर्थिक सहयोग तथा आँबुखैरेनी समाज काठमाडौंको समन्वयमा बस सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । 
काठमाडौंमा गाडी नपाएर तथा महंगो भाडाको मारमा परेका यात्रुलाई गाउँपालिकाले बसको व्यवस्था मिलाउँदा धेरै राहत महशुस गरेको स्थानीयले बताएका छन् । 
काठमाडौं बसोबास गर्दै आएका पालिकाबासीहरूले वेबसाइटमार्फत उहाँहरूलाई वा पालिकामा सम्पर्क गरेर नि:शुल्क बस सेवा प्राप्त गर्न सक्नुहुन्छ’, उनले भने,‘नि:शुल्क बस सेवा अब दुई दिन (असोज २२ र २३) गतेसम्म मात्र सञ्चालन हुनेछ । बसले काठमाडौँको सामाखुसीदेखि पालिका भवनसम्म नि:शुल्क सेवा दिनेछ ।’
नि:शुल्क बस सेवाको पहिलो दिन शनिबार ४३ जना पालिकाबासीहरूले सेवा लिएको उनले बताए। ‘पहिलो दिन ८० प्रतिशत विद्यार्थीहरू थिए,अन्य रोजगारीका लागि काठमाडौं बसेकाहरूले पनि सम्पर्क गरिरहेको भन्ने सुनेको छु,'उनले भने ।
नि:शुल्क बस सेवा कार्यक्रमका लागि करिब १ लाख खर्च हुने अनुमान पालिकाको छ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology