दशैँको मुखमा सिरहाको गोलबजारमा बजार अनुगमन
अनुगमनको क्रममा मासु पसलेहरुलाई खसिको मासुमा लगाउने रातो रङ्ग नलगाउन समेत निर्देश दिएको थियो । मासुमा लगाउने रातो रंग भएको डब्बा सबै पसलबाट प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आफै नष्ट गरेका हुन्।
Mayorsap,विवेक मण्डल
मंगल, असोज २२, २०८१ | १२:१० बजे
काठमाडौँ
असोज २२ गते,
जिल्ला प्रशासन कार्यालय सिरहाले सम्पुर्ण सुरक्षा निकायका टोलीद्वारा हिजो दिनको ३ बजे देखि बजार अनुगमन गरेको हो । गोलबजारमा दशैं चाडबाडको बेला बजारको पसलहरुमा म्याद गुज्रिएको पेय पदार्थ जस्तै पेप्सी,बदाम जुस,लगायतका कोल्ड ड्रीन्क्सहरुको अनुगमन गरेको हो र दशैंमा मानिसहरुले मासु धेरै खाने कुरालाई मध्य नजर गर्दै गोलबजारका सबै मासु पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा मासु पसलेहरुलाई खसिको मासुमा लगाउने रातो रङ्ग नलगाउन समेत निर्देश दिएको थियो । मासुमा लगाउने रातो रंग भएको डब्बा सबै पसलबाट प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आफै नष्ट गरेका हुन् ।
गोलबजार नगरपालिका वडा न.४ मा रहेको पब्लिक कोल्ड स्ट्रोरमा समेत अनुगमन गरिएको थियो । अनुगमनमा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल,राष्ट्रिय अनुसन्धान आयोगका एसपी टीका पोख्रेल,सशस्त्र प्रहरी बल सिरहाका गणपति शिव गैरे,नेपाल प्रहरीका एसपी रमेश पण्डित,गोलबजार व्यापार संघका अध्यक्ष बिजय साह र ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख गोबिन्द प्रसाद साह तथा सञ्चारकर्मीहरुको उपस्थितिमा बेलुकाको ६ बजे सम्म अनुगमन गरिएको थियो ।