मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

ज्येष्ठ नागरिकसँग पालिका अध्यक्ष

वडा वडामै जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । ज्येष्ठ नागरिकहरूले घरदैलौमै स्वास्थ्य सेवा र सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन् । तारकेश्वर गाउँपालिकाले सबै ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको हो । तारकेश्वर गाउँपालिकाले दुई हजार चारसय ८२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

Mayorsap,विवेक मण्डल

मंगल, असोज २२, २०८१ | १३:३४ बजे

काठमाडौँ 
असोज २२ गते,
नुवाकोटको तारकेश्वर गाउँपालिकामा ज्येष्ठ नागरिकसँग पालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको छ । सोही अवसरमा गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिकहरूले प्रत्यक्षरुपमा स्वास्थ्य,सामाजिक समस्या र समाधानका विषयमा अन्र्तक्रिया समेत गरेका हुन् । कार्यक्रम अन्तर्गत तारकेश्वरका सबै ६ वटै वडामा ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्तावापतको रकम प्राप्त गरेका छन् । 
वडा वडामै जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । ज्येष्ठ नागरिकहरूले घरदैलौमै स्वास्थ्य सेवा र सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन् । तारकेश्वर गाउँपालिकाले सबै ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण  सम्पन्न गरेको हो । तारकेश्वर गाउँपालिकाले दुई हजार चारसय ८२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
एकहजार आठसय दुई जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिएको छ । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले चाडपर्वलाई ध्यानमा राख्दै वृद्ध भत्ता वितरण र गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम गरिएको बताए । यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology