मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

बाढी-पहिरो पीडित परिवारलाई स्वीस सरकारको सहयोग

स्वीस सरकार विकास सहयोग (एसडीसी)को आर्थिक सहयोगमा हेल्भेटास नेपालले मंगलबार काभ्रेको पनौती नगरपालिकामा पुगेर प्रभावित परिवारलाई सहयोग गरेको हो ।

विवेक मण्डल

बुध, असोज २३, २०८१ | २०:४० बजे

काठमाडौँ 
असोज २३ गते,
स्वीस सरकारले बाढी-पहिरो पीडित परिवारलाई राहत प्रदान गरेको छ । असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढी-पहिरोबाट प्रभावित भएका परिवारलाई स्वीस सरकारले राहत प्रदान गरेको हो ।  स्वीस सरकार विकास सहयोग (एसडीसी)को आर्थिक सहयोगमा हेल्भेटास नेपालले मंगलबार काभ्रेको पनौती नगरपालिकामा पुगेर प्रभावित परिवारलाई सहयोग गरेको हो । 
पनौती नगरपालिकामा ५०० घर धुरीलाई आवश्यक खाद्य सामग्री,भाँडाकुडा,व्यक्तिगत सरसफाइ सामग्रीहरू जस्तै साबुन,स्यानिटरी प्याड,ब्रस,पेस्ट,साथै ओढ्ने-ओछ्याउनेको व्यवस्था गरेको हो । त्यस्तै,कोशी प्रदेशको फिदिम नगरपालिकामा ९५ घर धुरीलाई खाद्य सामग्री,व्यक्तिगत सरसफाइ सामग्री,प्राथमिक उपचार किट,र  ३९० थान त्रिपाल वितरण गरेको छ। सोही प्रदेशको फालेलुङ गाउँपालिकामा २९३ घरधुरीलाई खाद्य सामग्री,र ४० घर धुरीलाई भाँडाकुँडा तथा सरसफाइ सामग्रीका साथै ५८६ थान त्रिपाल वितरण गरेको छ।
यो प्रारम्भिक चरणको राहत भए पनि यसले तत्काल प्रभावित परिवारहरूको आवश्यकतालाई सम्बोधन गरिरहेको  हेल्भेटासले जनाएको छ ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology