मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

साइकल जात्रा

गोठालो भत्ता

झापा गाउँपालिका

देउमाइ नगरपालिका

कैलारी गाउँपालिका

घुम्ती सेवाबाट आठ सयजना लाभान्वित

Mayorsap

सोम, फागुन २६, २०८१ | १४:४३ बजे

गुल्मी ।  गुल्मीको धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवाबाट आठ सय ७६ जना लाभान्वित भएका छन् । धुर्कोट–३ हाडहाडेमा सञ्चालन गरिएको उक्त सेवाअन्तर्गत चार सय गाईभैँसी र एक हजार तीन सय ५० बाख्राका लागि औँषधि समेत वितरण गरिएको छ ।

 

दुई सय पाँच किसानलाई पशुसम्बन्धी परामर्श तथा  दुई सय ४७ जनालाई बीउ र मल वितरण गरिएको  वडाध्यक्ष पदम विष्टले जानकारी दिए । एक सय ७८ जनाको स्वास्थ्य जाँच गरिनुका साथै औँषधि समेत वितरण गरिएको उनले बताए। यस्तै १६ गर्भवतीको निःशुल्क भिडियो एक्सरे तथा ८० जनाको  आयुर्वेद पद्दतीद्वारा उपचार गरिएको छ ।

 

शिविरमा २० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्नुका साथै एक सय ३० जनाको आँखा परीक्षण गरिएको वडाध्यक्ष विष्टले बताए । पालिकाका सम्बन्धित शाखाका कर्मचारी तथा प्राविधिकले सेवा प्रदान गरेका थिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology