मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

रौतहटको राजपुर नगरपालिका वडा नं. ४ मा हैजाको संक्रमण

संक्रमित बिरामीहरूको संख्या ८६ पुगेको छ। जसमा ३ जनालाई उच्च केन्द्रमा रिफर गरिएको छ, ७ जना उपचाररत छन् र ७६ जनालाई डिस्चार्ज गरिएको छ। डा. मिजानुर रहमानले उपचारको स्थिति बारे जानकारी दिदै भन्नु भएको छ।

Mayorsap, Bibek Mandal

मंगल, असोज ८, २०८१ | १६:४६ बजे

 

 

राजपुर, रौतहट – रौतहटको राजपुर नगरपालिका वडा नं. ४ मा यहि असोज २ गतेबाट हैजाको संक्रमण फैलिएको छ। नगरपालिकाका सूचना अधिकारी बैजु ठाकुरका अनुसार, ७ गतेदेखि प्रमुख जिल्ला अधिकारीको आदेशमा संक्रमण फैलन नदिनका लागि वडा सिल गरिएको छ।

स्थानीय स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका अनुसार, संक्रमित बिरामीहरूको संख्या ८६ पुगेको छ। जसमा ३ जनालाई उच्च केन्द्रमा रिफर गरिएको छ, ७ जना उपचाररत छन् र ७६ जनालाई डिस्चार्ज गरिएको छ। डा. मिजानुर रहमानले उपचारको स्थिति बारे जानकारी दिनु भएको छ।

हाल, पानीको मुहान सफाई कार्य भइरहेको छ, र UNICEF ले १०० थान हाइजीन किट र जनचेतना मुलक पोस्टर लगायतको सहयोग गरेको छ। स्थानीय स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मी र नगरपालिका कर्मचारीहरूको टोलीले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्।

स्वास्थ्य कार्यालयले सम्पूर्ण बासिन्दालाई नियमित चेकअप गर्न र स्वास्थ्य समस्या भएमा नजिकको स्वास्थ्य केन्द्रमा जान अनुरोध गरेको छ।

हैजा के हो?

हैजा एक संक्रामक रोग हो, जुन Vibrio cholerae नामक जीवाणु द्वारा सञ्चारित हुन्छ। यो मुख्यतः पानी र खाना मार्फत फैलिन्छ। संक्रमित व्यक्तिको दिशा रहेको जीवाणु पानीमा मिसिएपछि, सफा नगरेको पानीको प्रयोग गर्दा वा संक्रमित खानेकुरा खाँदा व्यक्ति संक्रमित हुन्छ।

हैजाको संक्रमण नियन्त्रण गर्न सबैको सहयोग र सचेतनाको आवश्यकता छ। स्वास्थ्य विभाग र स्थानीय बासिन्दाबीचको समन्वयले यसमा महत्वपूर्ण भूमिका खेल्नेछ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology